टाई बनाउँदै संघीय संसद्का कर्मचारी

काठमाडौं– संसद् सेवा दिवसको अवसरमा अहिले संघीय संसद् सचिवालयले विभिन्न कार्यक्रम गरिरहेको छ । १२औँ व्यवस्थापिका संसद् सेवा दिवसको अवसर पारेर सचिवालयले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । एक सातासम्म मनाइने यो कार्यक्रममा सचिवालयले विभिन्न प्रतियोगिता पनि आयोजना गरेको छ ।

सचिवालयलमा कार्यरत कर्मचारीका लागि भन्दै सचिवालयले १५ वटा विभिन्न प्रतियोगिता आयोजना गरेको छ । संघीय संसदमा कार्यरत कर्मचारीका लागि टाई बनाउने प्रतियोगितादेखि घैँटो फुटाउनेसम्मका प्रतियोगिता आयोजना गरेको छ । चम्चा दौड, म्युजिकल चेयर, फुटसल र  वक्तृत्वकला पनि सचिवालयको कार्यक्रममा अटाएका छन् ।

२०५८ मंसिर २८ गते संसद सेवा स्थापना भएको अवसर पारेर सचिवालयले बर्सेनि सप्ताहव्यापी कार्यक्रम मनाउने गरेको सचिवालयले बताउँछ । कर्मचारीको रिफ्रेसमेन्टका लागि भन्दै सचिवायले यस्ता प्रतियोगिता आयोजना गरेको बताएको छ ।

यी सबै प्रतियोगिताको नतिजा भने २८ गते सार्वजनिक गरिने सचिवालयले बताएको छ । ४ सय ३५ जनाको दरबन्दी रहेको संघीय संसद सचिवालयमा अहिले साढे ३ सय कर्मचारी कार्यरत छन् ।


 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १५:१९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया