राखेप सदस्य सचिव बर्खास्ती र नियुक्तिसम्बन्धी रिट फेरि स्थगित

सर्वोच्च अदालतमा विचाराधीन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवको बर्खास्ती र नयाँ नियुक्तिसम्बन्धी रिट सोमबार पनि स्थगित भएको छ । 

यसअघि सर्वोच्चले २ फागुनसम्मका लागि पेसी स्थगित गरेको थियो । यसअघि नै तीनपटक याे रिटमा सुनुवाइका लागि पेसी चढे पनि दुवै पटक सरेको थियो । 

सरकारले १ कात्तिकमा तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्दै १३ गते टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । 

सिलवालले आफ्नो बर्खास्ती रोक्न र घिसिङको नियुक्ति खारेजीको माग गर्दै दायर गरेको मुद्दामा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 

सिलवाल पूर्वप्रधानमन्त्री केपी ओलीको कार्यकालमा राखेप सदस्यसचिवमा नियुक्त भएका थिए । गठबन्धन सरकार आएसँगै सिलवालको कार्यक्षमतामा प्रश्न उठाउँदै वर्तमान सरकारले उनलाई बर्खास्ती गरेको थियो । 

हाल राखेपमा कार्यकारीको रूपमा कुलबहादुर थापा रहेका छन् । 





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १४:५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया