डबल स्टान्टर्ड छाडौं, एमसिसीको पक्ष-विपक्ष खुलौं : गगन थापा

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आज संसद्‍मा टेबुल भएको एमसिसी परियोजनाका  विषयमा अब १२ गतेबाट नाराबाजीकै बीचमा छलफल अघि बढ्ने बताएका छन् ।

संसद बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘यदी यो प्रस्ताव राष्ट्रघाती हो भनेर भन्ने हो भने, सबैभन्दा पहिला माननीय भीम रावलले केपी शर्मा ओली मुर्दावाद भनेर संसदभित्र नारा लगाउनुपर्छ । यो प्रस्ताव राष्ट्रघाती हो भन्ने हो भने, पुष्पकमल दाहाल मुर्दावाद भनेर माओवादी सांसदहरुले र माधव नेपाल मुर्दावाद भनेर एकीकृत समाजवादीका सांसदहरुले संसदभित्र नारा लगाउनुपर्छ । सुखद कुरा सभामुखले जे भन्नुभयो, यो विषय सदनमा छलफल हुनुपर्ने तर बाहिर छलफल भयो भनेर भन्नुभएको छ । यो नै सुखद कुरा हो ।’

उनले आज टेबल गर्ने ठाउँसम्म आइपुगेका साथीहरु मतदान गर्ने ठाउँसम्म आइपुग्ने दाबी गरे ।

‘अवरोधको बीचमा छलफल होला कि नहोला भन्ने कुरा आजबाट टुंगिएको छ । हामीलाई त्यही एउटा कुरामा डर थियो । सबैले भाग लिएपछि १२ गतेबाट सामान्य छलफल प्रारम्भ हुन्छ । छलफल आज जसरी भएको थियो यसैगरी हुन्छ ।’ उनले भने, ‘नाराबाजीकै बीचमा छलफल हुन्छ र यो मतदानमा जान्छ । मतदानमा जाँदैगर्दा हिजो एउटा प्रश्न भने आउँछ । सरकारमा पनि बस्ने सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने भन्ने राजनीतिक नैतिकताको प्रश्न पनि होला । त्यसकारण सबैले आफ्नो डबल स्टान्डर्ड छाड्नुपर्छ । १२ गतेको छलफलमा सबैले भाग लिऔं ।’





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १४:५१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया