एमसीसी सम्झौता संसदमा पेश गरेको भन्दै कर्णालीका १० वटै जिल्ला कार्यालयमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले घेराउ गरेका छन् ।
विप्लव नेतृत्व नेकपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान, मोहन वैद्य नेतृत्व नेकपा (क्रान्तिकारी)लगायतका १० वटा राजनीतिक दलले कर्णालीका १० वटै जिल्ला कार्यालय घेराउ घेरेका हुन् ।
सम्झौता संसदमा टेबुल गरिएकाले यसको विरुद्ध आवाज उठाउन कार्यालय घेराउ गरेको राष्ट्रिय जनमोर्चा कालिकोटका अध्यक्ष कृष्णबहादुर शाहीले बताए ।
‘जनता विरोधी गतिविधि भएका कारणले जिल्ला प्रशासन कार्यालय घेराउन गरिएको हो,’ उनले भने, ‘यो सम्झौता नेपालीको हित विपरीत भएका कारणले जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको हो ।’
एमसिसी सम्झौताविरुद्धमा सत्तारुढ गठबन्धन दल नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी) दल निकट विद्यार्थी, युवा अन्य भातृ संगठनहरूले विभिन्न जिल्लामा विरोध जुलुस निकालेका छन् ।
सम्झौता देशको हित विपरित भएका कारणले सबै जिल्लामा विरोध प्रदर्शन गरिएको माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)का कर्णाली प्रदेश अध्यक्ष राजेन्द्र बुढाले जानकारी दिए ।
‘एमसीसी सम्झौता खारेज नभएसम्मका लागि सबै जिल्लामा आन्दोलनका कार्यक्रम राखिएको छ’ उनले भने, ‘पार्टी सरकारमा भए पनि हामी आन्दोलन जारी राख्छौं ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।