गोरखाका चार गाउँपालिका जडीबुटीको पकेट क्षेत्र

गोरखा– गोरखाका चार गाउँपालिकालाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको छ । गण्डकी प्रदेश डिभिजन वन कार्यालयले अजिरकोट, धार्चे, बारपाक सुलिकोट र आरुघाट गाउँपालिकालाई जडीबुटी खेतीका लागि जिल्लाको पकेट क्षेत्र घोषणा गरेको हो । 

जिल्लाको उच्च हिमाली भेकमा जडीबुटी खेतीको राम्रो सम्भावना रहेकाले तिनको विस्तार र प्रशोधन गर्ने उद्देश्यले पकेट क्षेत्र छनोट गरिएको उक्त कार्यालयका प्रमुख इमनाथ पौड्यालले जानकारी दिए ।  ‘‘छनोट भएका गाउँपालिकामा जडीबुटीको व्यावसायिक खेतीको राम्रो सम्भावना देखिएको छ,’ उनले भने, ‘पकेट क्षेत्र घोषणा भएका ठाउँमा कार्यालयले विशेष कार्यक्रम गर्ने तयारी गरिरहेकोे छ ।’ 

कार्यालयले अजिरकोट र धार्चे गाउँपालिको सबै क्षेत्र र बारपाक सुलिकोट र आरुघाट गाउँपालिकाका वडा नं १ देखि ४ सम्मका वडालाई पकेट क्षेत्रमा समेटेको छ । ‘‘जडीबुटी खेतीबाट कत्तिको आम्दानी हुन्छ, भन्ने कुराको जानकारी त्यस क्षेत्रका किसानलाई दिनु आवश्यक छ, उनले भने, ‘अनि मात्र व्यावसायिक खेतीको विकास सुरु हुन्छ ।’ 

त्यस क्षेत्रमा उत्पादन हुनसक्ने थप जडीबुटी पहिचान गरी तिनको प्रवर्द्धनका लागि समेत पकेट क्षेत्र घोषणा गरेपछि सजिलो हुने प्रमुख पौडेलको भनाइ थियो । 

उनले ती स्थानमा चिराइतो, सतुस, कुड्की, बनलसुन टिमुर, काउलो, दालचिनी, रिठ्ठा, सुनगाभालगात जडिबुटी प्रशस्तै उत्पादन हुने भएकाले तिनको संरक्षण, संकलन, प्रशोधन र बिक्री गर्न सके जिल्लाकै आर्थिक सुधारमा जडीबुटीले ठूलो योगदान पुर्याउने बताए । जिल्लाको उच्च हिमाली भेकमा पाँचऔँले, यार्सागुम्बा जस्ता बहुमूल्य र दुर्लभ जडीबुटीसमेत पाइन्छ । 
 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १६:५२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया