अक्षरा स्कुलका विद्यार्थीले गरे स्याङ्जाको सेवा सिकाइ भ्रमण

कागेश्वरी मनोहरा–९, काँडाघारी काठमाडौंस्थित अक्षरा स्कुलका विद्यार्थीले स्याङ्जाको सेवा सिकाइ भ्रमण गरेका हुन् । स्याङ्जाको भेडाबारीमा रहेका सामुदायिक विद्यालयमा सामुदायिक सेवा सञ्चालन गर्नु र स्थानीय जनसमुदायलाई होमस्टे र अन्य आर्थिक आय आर्जनको बाटो  पहिल्याउन विचार प्रेषण गर्नु भ्रमणको उद्देश्य रहेको स्कुलले जनाएको छ । ९ दिन भ्रमणमा कक्षा ९ का ३० विद्यार्थी सहभागी थिए ।

भ्रमणका क्रममा विद्यार्थीले स्याङ्जाको जनविकास आधारभूत विद्यालय र गाउँफर्क जनहित आधारभूत विद्यालयमा कक्षा शिक्षण, खेलकुद, चित्रकला र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेका थिए ।  विद्यार्थीहरूले उक्त विद्यालयका विद्यार्थीलाई साहित्य पुस्तक र सिकाइ सामग्रीहरू पनि प्रदान गर्ने गरेका थिए । विद्यार्थीले स्थानीय  समुदायमाझ स्वास्थ, सरसफाइ र लैङ्गिक जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन  गरेका विद्यालयले जनाएको छ ।

कफी, सुन्तला, अर्गानिक खानेकुरा र सुन्दर प्राकृतिक दृष्य जस्ता अनेक विशेषता भएको भेडाबारीको विकासको लागि केही योगदान पुगेको र आगामी वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने अक्षरा स्कुलकी निर्देशक प्राचार्य अन्जु भट्टराईले बताइन ।

उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा सीमित सुविधामा ग्रामीण वास्तविक जीवन जीउन  सिकाउने सीपको विकास गर्ने अवसर, स्वयंसेवीको भावना र सामुदायिक सेवामा ध्यान केन्द्रित गर्ने बानीको विकास भएको छ । सामुदायिक सेवालाई प्राथमिकतामा राखेर विद्यालयको दर्शन 'संस्कारयुक्त शिक्षा'लाई आत्मासात गर्दै  विगत ५ वर्षदेखि भ्रमण कार्यक्रम सञ्चालन गर्दै आएको स्कुलले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १८:९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया