काठमाडौंमा सुरु भयो दोश्रो डिजिस्टोर

हाइटेक इन्जिनियरिङ प्रालिले काठमाडौंमा डिजिस्टोरको दोस्रो मल्टिब्राण्ड स्टोर सुरुवात गरेको छ । 

आइतबार काठमाडौंको शुकेधारामा सूचना प्रविधि तथा लाइफस्टाइलका विभिन्न प्रडक्टहरु उपलब्ध गराउनेगरी स्टोरको सुरुवात गरेको हो । कम्पनीले यसअघि बालुवाटरमा स्टोर सञ्चालनमा ल्याएको थियो । यसैगरी बिराटनगरमा यसअघि नै दुई स्टोरहरु सञ्चालनमा रहेका छन ।

सुकेधारमा डिजिस्टोर आउटलेट सुरु गर्दै कम्पनीका अध्यक्ष अरुण बंशलले कोभिड १९ को कारण केहि ढिलोगरी स्टोर सुरु गरिएको तर अबको ६ महिनामा काठमाडौंका ६ स्थानमा स्टोर सञ्चालनमा आउने बताएका छन । काठमाडौं वाहिर धरानमा यसै महिना डिजिस्टोर सञ्चालन हुने उनले जानकारी दिए ।

कम्पनीले विगत २५ वर्षदेखि डिजिकम ब्राण्डका प्रडक्टहरु नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ । नेपाली ब्राण्डको रुपमा स्थापित डिजिकमका राउटर, सिसि क्यामेरा, एसी, एक्सेसरिज र अन्य आइटीका प्रडक्टहरु नेपाली बजारमा उपलब्ध छन । 

यसैगरी कम्पनीले इन्नोभेटिभ र लाइफस्टाइल प्रडक्टहरु विस्तार गरिरहेको छ । डिजिस्टोरमा डिजिकम वाहेक अन्य ब्राण्डहरु प्रडक्ट, मोवाइल एसेसरिज, ल्यापटप लगायतका दर्जनौ प्रडक्टहरु उपलब्ध रहेका छन । यसैगरी कम्पनीले होम एप्लायन्सेसका प्रडक्टहरु पनि उपलब्ध गराउने जनाएको छ ।

डिजिटल र अन्य प्रडक्टहरु सहितको डिजिस्टोर एक आधुनिक स्टोर हो, जहाँँ सामान किन्नमात्रै नभएर वास्तविक रुपमा प्रविधिका नयाँ प्रडक्टहरुबारे अपडेट पनि लिन सकिन्छ । स्टोरका सामानहरु डिजिस्टोर डटकम डटएनपी मार्फत पनि अर्डर गर्न सकिनेछ । डिजिस्टोरलाई देशैभरी सेवा विस्तार गर्नेगरी काम गरिरहेको कम्पनीका अध्यक्ष बैशलले जानकारी दिए ।





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १९:११:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया