सेयर बजारमा गिरावट

काठमाडौं– आइतबार र सोमबार उकालो लागेको सेयर बजार मंगलबार भने पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबारमापक नेप्से परिसूचक तीन दशमलव शून्य आठ बिन्दुले घटेर एक हजार १ सय ४१ दशमलव १० बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत मंगलबार शून्य दशमलव ७६ बिन्दुले घटेको छ । कुल १ सय ६४ कम्पनीको १२ लाख ८६ हजार ५ सय ७५ कित्ता सेयर रु ३८ करोड ३२ लाख ९३ हजार १ सय २० मूल्यमा खरिद–बिक्री भएका छन् । 

स्टककाअनुसार कारोबार भएका १० उपसमूहमध्ये तीन उपसमूहको मात्रै सेयर कारोबारमा वृद्धि भएको छ । त्यसमा वित्त शून्य दशमलव एक सात, उत्पादन १३ दशमलव ८१, अन्य शून्य दशमलव ६२ बिन्दुले बढेको छ । बैंकिङ दुई दशमलव ६८, होटल १४ दशमलव ६८, विकास बैंक एक दशमलव ९३, जलविद्युत् तीन दशमलव आठ, निर्जीवन बिमा २८ दशमलव नौ, लघुवित्त १० दशमलव २५ र जीवन बिमा २५ दशमलव ७३ बिन्दुले घटेको छ । 

घटेको बजारमा गुह्येश्वरी मचेन्ट बैंक एन्ड फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सेन्ट्रल फाइनान्स कम्पनीका सेयरधनीले कमाएका छन् । मन्जुश्री फाइनान्स कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, आरएमडिसि लघुवित्त वित्तीय संस्था, पञ्चकन्या माई हाइड्रो पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । 
 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १७:२५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया