विश्वकप छनोटको सेमिफाइनल पुग्न क्यानडाविरुद्ध खेल्दै नेपाल

ओमानमा जारी आइसिसी टी-२० विश्वकप ग्लोबल छनोटमा आज नेपालले क्यानडाविरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल अपरान्ह पाैने चार बजेदेखि अल अमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ । 

आजको खेलले नै सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । समूह ‘बी’मा रहेको नेपालले यसअघिको दुई खेलमा लगातार जित हात पारेको छ । पहिलोमा ओमानलाई ३९ र दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले हराउँदै नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ ।

क्यानडालाई हराए नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाउने छ । झिनो अन्तरले पराजित भएमा पनि नेपालले सेमिफाइनलको यात्रा गर्ने पक्का जस्तै छ । क्यानडाले भने सेमिफाइनलमा स्थान बनाउन नेपाललाई फराकिलो अन्तरले हराउनुपर्नेछ ।

साथै, उसले ओमान र फिलिपिन्सबीचको नतिजाको पनि भर पर्नुपर्ने हुन्छ । क्यानडाले पहिलो खेलमा फिलिपिन्सलाई ११८ रनले हराएको थियो । दोस्रो खेलमा भने ऊ ओमानसँग ९ विकेटले पराजित भयो । 

समूहको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्ने मौका पाउने छन् । सेमिफाइनल जित्ने दुई टोली यही वर्ष अस्ट्रेलियामा हुने विश्वकपमा सहभागिता जनाउन पाउने छन् ।





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार ७:२०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया