औबामियाङको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित

स्पेनिस ला लिगाअन्तर्गत घरेलु टोली भ्यालेन्सियाविरुद्ध बार्सिलोनाले ४–१ गोल अन्तरले विजयी भएको छ । गएराति मिस्टला स्टेडियममा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन पिएरे इमरिक औबामियाङले ह्याट्रिक गरे ।

एक गोल भने फ्रान्की डि जोङको नाममा रह्यो । भ्यालेन्सियाका लागि कार्लोस सोलेरले एक गोल फर्काए । खेलको २३ औं मिनेटमा औबामियाङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनको यो बार्सिलोनाका लागि सिजनको पहिलो गोल समेत हो ।

३२ औं मिनेटमा डि जोङले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ३८ औं मिनेटमा औबामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सीलोनालाई ३–० ले  अगाडि बढाए ।

५२ औं मिनेटमा सोलेरले भ्यालेन्सियालाई ३–१ को स्थितिमा ल्याए । ६३ औं मिनेटमा औबामियाङले ह्याट्रिक पूरा गोल गर्दै बार्सिलोनालाई ४–१ को सहज जित दिलाए । उनको यो बार्सिलोनाका लागि पहिलो ह्याट्रिक हो । 

यो जितसँगै २४ खेलमा ४२ अंक जोडेको बार्सिलोना चौथो तथा पराजित भ्यालेन्सिया २५ खेलबाट ३० अंकका साथ १२ औं स्थानमा छन् । लिगअन्तर्गतकै अन्य खेलमा रियल बेटिस र एथलेटिक्स क्लब बिल्वाओ विजयी हुँदा सेभिया स्पान्योलसँग बराबरीमा रोकिएको छ ।





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार ७:३५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया