‘ए’ डिभिजन लिग : सातदोबाटोविरुद्ध जित्नैपर्ने दबाबमा ब्रिगेड ब्वाइज

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज एक मात्र खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजेदेखि सुरु हुने खेलमा ब्रिगेड ब्वाइजले सातदोबाटो युथ क्लबको सामना गर्नेछ ।

११ खेलमा ७ अंक जोडेर १३ औं स्थानमा रहेको ब्रिगेड सातदोबाटोलाई हराएर रेलिगेसनबाट जोगिने सम्भावना कायम राख्न चाहन्छ ।

यो खेल हारेको खण्डमा ब्रिगेड दोस्रो डिभिजनमा घटुवा हुनेछ । ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको सातदोबाटो पनि ब्रिगेडलाई हराएर शीर्ष पाँचमा उक्लने सोचमा छ । 





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार ८:४८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया