सिभिल बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडाैं–सिभिल बैंक लिमिटेडले जीवन बिमा सेवालाई विस्तार गर्ने उद्देश्यले सूर्या लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सूर्या लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।
 
सिभिल बैंकका देशभर छरिएका ७० शाखामार्पmत जीवन बिमा सेवालाई विनाझन्झट उपलब्ध गराउने सम्झौता भएको बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । 

सिभिल बैंकले यसअघि पनि जीवन बिमा कम्पनीहरू मेटलाइफ, एलआइसी नेपाल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन बिमा कम्पनीसँग सम्झौता गरी जीवन बिमा तथा निर्जीवन बिमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १८:५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया