काठमाडौं– भैरहवा ग्लाडिएटर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल)मा लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दै भैरहवाले लगातार दोस्रो जित निकालेको हो ।
जितसँगै भैरहवाले चार अंक जोडेको छ । भैरहवाले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेलेर नौ विकेट गुमार्इ १ सय ३१ रन मात्र बनाउन सक्यो । चितवनका लागि ओपनर पउल स्ट्रलिङले सर्वाधिक ३६ रन बनाए भने जोन सिम्पसनले २६ तथा दिलीप नाथले १२ रन जोडे । शाहब आलमले नटआउट १६ रन बनाए ।
बलिङमा भैरहवाका कप्तान शरद भेषावकर र रवीइन्दर सिंहले दुई–दुई, रायन टेन डेसचाटे र अभिनाश बोहराले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । भैरहवाका लागि राएन टेन डेसकाटेले ३५, प्रदीप ऐरीले २६, रवीइन्दर सिंहले २५, आरिफ शेख र पुनित मेहराले १२–१२ रन जोडेका थिए ।
चितवनका सागर ढकालले तीन र जर्ज स्कटले दुई विकेट लिएका थिए । जारी प्रतियोगितामा चितवनको यो लगातार तेस्रो हार हो । बुधबार पहिलो खेलमा भैरहवाले विराटनगर वारियर्ससँग र काठमाडौँ किंग्स ११ ले ललितपुर प्याट्रियसबीच खेल हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।