ए डिभिजन लिग : सातदोबाटोसँग पराजित ब्रिगेड रेलिगेसनमा
फाइल फाेटाे

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार सम्पन्न खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । सातदोबाटोले त्रिपुरेश्वस्थित दशरथ रंगशालामा ब्रिगेड ब्वाइज क्लबमाथि ३-२ को रोमाञ्चक जित हात पारेको हो ।

यो पराजयसँगै ब्रिगेड एक खेल अगावै दोस्रो डिभिजनमा झर्ने पक्का भएको छ । योसँगै यो सिजनको ए डिभिजन लिगबाट घटुवा हुने दुई टोलीको पनि टुङ्गो लागेको छ।

यो सिजन ब्रिगेडसँगै च्यासल युथ क्लब पनि दोस्रो डिभिजनमा झर्‍याे । 

१३ औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए । कप्तान मान बहादुर तामाङको क्रसमा बर्टान्ड इवोडे ओटोउले नभेटेको बललाई सुशिलले सहजै पोस्टको दिशा दिएका थिए । 

१६ औं मिनेटमा बर्टान्ड इवोडे ओटोउले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । दोर्जे तामाङको फ्रिकिकमा रुडी जोनाथनको प्रहार क्लियर हुन नसकेको अवस्थामा बर्टान्डले गोल गरेका थिए ।

१८ औं मिनेटमा दीपकराज सिंह ठकुरीले गोल गर्दै सातदोबाटोलाई २-१ को अग्रता दिलाए । अजायी मार्टिन्सको हेड पासलाई दीपकले ब्रिगेडका गोलरक्षक गुरुप्रित सिंह अघि बढेको अवस्थाको फाइदा उठाउँदै जाली चुमाएका थिए । 



५१ औं मिनेटमा रोशन राना मगरले गोल गर्दै ब्रिगेडलाई २-२ को बराबरीमा ल्याए । उनले  मनोज राईको फ्रिकिकमा दोर्जे लामाको हेडर सातदोबाटोका गोलरक्षक अभिषेक बरालले नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई पोस्टको दिशा दिए । 

८७ औं मिनेटमा निरज चौधरीले गोल गर्दै सातदोबाटोलाई ३-२ को रोमाञ्चक जित दिलाए । उनले सुदिप गुरुङको पासलाई सदुपयोग गरे । 



यो जितसँगै १२ खेलमा १८ अंक जोडेको सातदोबाटो पाँचौ स्थानमा उक्लिँदा समान खेलबाट ७ अंकका साथ ब्रिगेड १३ औं स्थानमा यथावत छ ।  

  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १५:३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया