ब्रिगेडको ए डिभिजन लिग यात्रा

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३-२ ले पराजित भएसँगै बिग्रेड ब्वाइज क्लब एक खेल अगावै दोस्रो डिभिजनमा झर्ने पक्का भएको छ। 

दशरथ रंगशालामा सातदोबाटोलाई जित दिलाउन सुशिल राई, दीपकराज सिंह ठकुरी र निरज चौधरीले एक-एक गोल गर्दा ब्रिगेडका बर्टान्ड इवोटे ओटोउ र रोशन राना मगरले एक-एक गोल फर्काए । योसँगै ब्रिगेड तेस्रोपटक बी डिभिजनमा घटुवा भएको छ । 

यस्ताे छ ब्रिगेडको ए डिभिजन लिग यात्रा :

विसं.२०४४ मा स्थापित ब्रिगेड ब्वाइज क्लब पहिलोपटक २०६१ मा शीर्ष डिभिजनमा बढुवा भएको थियो । त्यसपछि क्लब २०६३ सालमा दोस्रो डिभिजनमा घटुवा भयो ।

२०६८ सालमा पुनः शीर्ष डिभिजनमा फर्किएको ब्रिगेड त्यो सिजन १६ औं स्थानमा रहँदै  दोस्रोपटक बी डिभिजनमा झर्‍याे । 

२०७० मा तेस्रोपटक शीर्ष डिभिजनमा उक्लिएको ब्रिगेडले लिग खेल्न भने पाँच वर्ष कुर्नुपर्‍याे। विभिन्न कारणले २०७० देखि २०७५ सम्म लिग हुन सकेन ।



२०७५ मा तेस्रोपटक लिग खेलेको ब्रिगेड १२ औं स्थानमा रह्यो । 

२०७६ लिगमा भने ब्रिगेड भाग्यशाली रह्याे । एन्फाले पुच्छरकाे टाेलीमा रेलिगेसन पर्ने गरी लिग खेलाएपछि उ १३ औं स्थानमा भए पनि बी डिभिजनमा झर्नु परेन । लिगबाट अन्तिम स्थानकाे सरस्वती युवा क्लब दोस्रो डिभिजनमा झरेकाे थियाे ।



यो सिजनमा च्यासलको प्रदर्शन

यो सिजनमा च्यासलले १२ मध्ये मात्र एक खेलमा जित हात पर्दा चार बराबरी र सात पराजयको नतिजा निकाल्यो । 

पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै सानदार सुरुवात गरेको ब्रिगेडले दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) सँग गोलरहित बराबरी खेल्यो ।

ब्रिगेडले तेस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग १-० को हार बेहोर्दा चौथो खेलमा खेलमा जावलाखेल युथ क्लबसँग गोलरहित बराबरी खेल्यो ।

हिमालयन शेर्पासँगको पाँचौ खेल ३-१ ले गुमाएको ब्रिगेड छैटौँमा संकटासँग ३-० को हार बेहोर्‍याे ।

सातौं खेल मनाङ मर्स्याङ्दीसँग १-० ले गुमाउँदा ब्रिगेड नवौं खेलमा नेपाल पुलिससँग १-१ को बराबरी खेल्यो ।  

दसौं खेलमा मछिन्द्र क्लबसँग ४-० ले हार बेहोरेको बिग्रेडले ११ औँ खेलमा च्यासललाई गोल रहित बराबरीमा रोकेको थियो । 

ब्रिगेडले आफ्नो अन्तिम खेलमा थ्रिस्टारसँग प्रतिस्पर्धा गर्नेछ । 

  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १७:४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया