आइसिसी पुरुष विश्वकप ग्लाेबल छनाेट अन्तर्गत जारी खेलमा क्यानडाले नेपाल समक्ष ८१ रनकाे सामान्य लक्ष्य प्रस्तुत गरेकाे छ ।
ओमानकाे अल अमरेत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राेजेकाे क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनायाे ।
क्यानडाका लागि डिलाेन हेलिगर अविजित २४ रनकाे याेगदान दिए । कप्तान नवित दहलीवालले १८, रायन पठानले १४ तथा सलमान नजारले १० रन बनाउँदा अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।
क्यानडालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले तीन, कमलसिंह ऐरी र अविनाश बाेहराले दुई-दुई तथा कुशल मल्लले एक विकेट हात पार्दा दुई विकेट रन आउटकाे रूपमा प्राप्त भयाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।