सत्ता गठबन्धन बच्छ, एमसिसी अब प्रक्रियाबाट टुंगिन्छ : प्रचण्ड
फाइल फाेटाे

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता गठबन्धन नटुट्ने बताएका छन् ।

सोमबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष दाहालले यस्ताे बताएका हुन् ।

उनले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसिसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दिए । 

बैठकमा वरिष्ठ नेता पौडेलले एमसिसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि अध्यक्ष दाहालले बताए ।

‘उहाँले अरू कुरा होइन, यो गठबन्धन पनि बचाउनु पर्छ, एमसिसी पनि समस्या समाधान हुनुपर्‍याे भन्ने लाइनबाट भन्नुभएको थियो । मैले गठबन्धन बच्छ, एमसिसी त अब प्रक्रियाबाट टुंगिन्छ भनेँ त्यही हो’, प्रचण्डले भने ।

कांग्रेस वरिष्ठ नेता पौडेलले आज नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका थिए ।





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १७:३३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया