‘ए’ डिभिजन लिग : १२ चरणको अन्तिम दुई खेल आज, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
फरकधार / १० फागुन, २०७८
यो सामग्री सेयर गर्नुहोस्

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज १२ औं चरणको अन्तिम दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस र नेपाल एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 



यो विभागीय डर्बी दिउँसो १ बजे सुरु हुनेछ । दुवै टोली आजको खेलमा जित हात पार्दै अंक तालिका सुधार गर्ने योजनामा छन् । पुलिस ११ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा तथा एपिएफ समान खेलबाट १४ अंकका साथ आठौं स्थानमा छन् ।



साँझ पौने पाँच बजे दशरथ रंगशालामै  सुरु हुने दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले संकटा क्लबको सामना गर्नेछ ।



११ खेलमा १९ अंक जोडेर चौथो स्थानमा रहेको आर्मी संकटालाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ । ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको संकटा पनि आर्मीलाई हराएर शीर्ष पाँचमा उक्लने सोचमा छ । 



यो सिजनको उपाधि मछिन्द्रले जित्दा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब रेलिगेसनमा परिसकेका छन् । 





  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार ७:३:२४,   अन्तिम अपडेट : फागुन १०, २०७८ मंगलबार ८:१२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया