काश्मिर आक्रमण: चार प्रहरी मारिए

एजेन्सी– शङ्कास्पद विद्रोहीले भारत प्रशासित काश्मिरमा एक प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सेनाले सुरक्षा कारबाईमा काश्मिर आन्दोलनरत विद्रोहीको निकट मानिने दुई किशोरहरू उनीहरूको प्रभाव क्षेत्र काश्मिरको दक्षिणी भागमा मारिएका थिए । 

विद्रोहीले उक्त सुरक्षा कारबाहीमा मरेका दुई किशोरको मृत्युको बिषयलाई लिएर प्रहरी चौकीमा आक्रमण गरिएको हुनसक्ने बताइएको छ । 

सन् २००९ पछि जानपोरा ग्रामिण क्षेत्रमा प्रहरीलाई लक्षित गरी भएको यो सवैभन्दा ठूलो रक्तपातपूर्ण घटना हो । आक्रमणकारीले प्रहरीको चार वटा राइफलसमेत लुटेर लगेका छन् । 

‘विद्रोहीको आक्रमणबाट तीन प्रहरी अधिकारी घटनास्थलमा नै र घटनामा सख्त घाइते भएका एक जनाको स्थानीय सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ,’ प्रहरी अधिकृत स्वयमप्रकाश पाणीले बताए । 

आक्रमणकारी प्रहरीको चारवटा बन्दूक लिएर भागेका छन्, उनले थपे । 

काश्मिरमा आन्दोलनरत विद्रोही समूह जैस–ए–मोहम्मदले घटनाको जिम्मेवारी लिएको छ । 

मुहम्मद हसनले आफुलाई पाकिस्तानमा सक्रिय समूहका प्रवक्ता रहेको दावी गर्दै एक विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्ताले प्रहरी चौकीमा गरेको आक्रमण तीन भारतीय प्रहरीको मृत्यु भएको र केही सुरक्षाकर्मी गम्भीर घाइते बनेको भन्दै घटनाको जिम्मेवारी लिएका छन् । 

भारतीय अधिकारीले दिएको जानकारीमा विद्रोहीले सन् २०१४ पछि अहिलेसम्म सुरक्षाकर्मीका करिब २७० हतियार लुटेको स्वीकारेको छ ।





  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार ८:३७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया