एजेन्सी- च्याम्पियन्स लिग फुटबलको समूह ‘ए’ बाट एट्लेटिको मड्रिड र बोरुसिया डर्टमन्ड अन्तिम १६ मा प्रवेश गरेका छन् ।
मंगलबार राति भएको समूह ‘ए’ को खेलमा बोरुसिया डर्टमन्डले मोनाकोलाई पराजित गरेको छ । जितसँगै डर्टमन्डले अन्तिम १६ मा स्थान पक्का गरेको छ ।
डर्टमन्डका लागि राफेल गुइरेरोले दुई गोल गरे । उनले खेलको १५औं र ८८औं मिनेटमा गोल गरेका हुन् । मोनाकोले भने गोल गर्न सकेन ।
सोही समूहको अर्को खेलमा एट्लेटिको मड्रिडले क्लब ब्रुजसँग गोलरहित बराबरी खेलेको छ । बराबरीसँग मड्रिडले समूह ‘ए’ को उपविजेतका रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको छ ।
त्यसैगरी, मंगलबार राति भएको समूह ‘सी’ को खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रेड स्टार बेलग्राडलाई ४–१ गोलले पराजित गरेको छ । जितसँगै पिएसजी लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
पिएसजीका लागि काभानी (नवौं मिनेट), नेमार (४०औं मिनेट), माक्र्युन्होस (७४औं मिनेट) र केलियन एम्बाप्पे (अतिरिक्त समय) ले गोल गरेका हुन् । रेड स्टारका लागि मार्को गोबेल्जिक (५६औं मिनेट) ले मात्र गोल गरे । जितसँगै पिएसजी समूह ‘सी’ को विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको हो । पिएसजीले ६ खेलबाट ११ अंक जोडेको छ ।
सोही समूहको अर्को खेलमा लिभरपुलले नापोलीलार्इ पराजित गर्दै उपविजेताका रूपमा अन्तिम १६ मा स्थान बनाएको हो । उपविजेता बन्ने क्रममा लिभरपुलले नापोलीमाथि १–० को जित निकालेको हो । लिभरपुलका लागि मोहम्मद सलाले खेलको ३४औं मिनेटमा गोल गरेका हुन् ।
६ खेलबाट ९ अंक बनाएको लिभरपुलले समान खेलबाट ९ अंक नै बनाएको नापोलीसँग हेड टु हेडका आधारमा अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।