राप्ती स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिमा लामिछाने नियुक्त

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन् । प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले डा. लामिछानेलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

कुलपति देउवाबाट उपकुलपतिमा नियुक्त भएको पत्र मंगलबार बुझेका उनले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र स्वास्थ्य सचिव डा. रोशन पोखरेल सदस्य रहेको सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको थियो । 

प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएकोमा ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापा सिफारिसमा परेका थिए । 





  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १७:१९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया