देउवाकाे कार्यव्यस्तताका कारण प्रधानन्यायाधीश सिफारिस अन्योलमा

काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा संवैधानिक परिषद्को बैठकमा नजाने भएपछि प्रधानन्यायधीश सिफारिस अन्योलमा परेको छ ।

परिषद्को बैठक मंगलबार दुईपटक स्थगित भएको थियो । त्यसपछि पुस ५ गतेका लागि बैठक बस्ने निर्णय भएको थियो । तर, प्रधानमन्त्री केपी ओलीले आजै टुंगो लगाउने भनेर बिहानका लागि बैठक बोलाएका थिए । 

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार राति अबेर मात्र खबर आएकाले पूर्वप्रधानमन्त्री देउवाले बैठकमा जान नभ्याउने खबर पठाएका थिए । स्वकीय सचिव भानुका अनुसार देउवा कांग्रेस महासमिति बैठकमा जानुपर्ने भएकाले परिषद् बैठकमा उपस्थित नसकेका हुन् । 

स्रोतका अनुसार आज प्रधानमन्त्री ओली र देउवाबीच बैठकअघि अनौपचारिक छलफल हुने कार्यक्रम थियो । तर देउवा कार्यव्यस्तताका कारण आज पनि बैठकमा सहभागी हुन नसक्ने भएकाले प्रधानन्याधीश सिफरारिसमा थप अन्योल उब्जिएको छ । 
 





  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार ११:१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया