एजेन्सी– मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको प्रि–वेडिङ फंक्सनमा सहभागी भएपछि प्रियंका चोपडा पति निक जोनससँग हनिमूनका लागि ओमान पुगेकी छन् । प्रियंकाले आफ्नो इन्स्टाग्राममा एक फोटो सेयर गरेकी छन् । समुन्द्रको किनारमा बालुवामा दुवैको नाम लेखेको तस्विरमा देखिन्छ ।
निकले आफ्नो इन्स्टाग्राम अकाउन्टमा दुवैजनाले फिल्म हेरिरहेको भिडियो राखेका छन् ।
रिपोट्र्सका अनुसार प्रियंका हनिमुनबाट फर्केर आफ्नो फिल्म द स्काई इज पिंकको सुटिङ पुरा गर्ने बताएकी छन् । यो बाहेक उनका अन्य केही प्रोजेक्ट पनि रहेका छन् । फिल्मको सुटिङ सकेपछि फेरि पति निकसँग २७ डिसेम्बरमा हनिमुन जाने र जनवरीको पहिलो हप्ता फर्किने छिन् ।
फिल्मको सुटिङ सुरु गर्नुभन्दा अगाडी प्रियंकाले बलिउडका साथीहरुको लागि मुम्बईमा एक ग्र्यान्ड रिसेप्शन आयोजना गर्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।