युक्रेन संकट : बेलायतले लगायो पाँच रुसी बैंक र तीन अर्बपतिमाथि प्रतिबन्ध

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसी पाँच बैंक र तीन अर्बपतिमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । 

बेलायतको यो कदम रुसले युक्रेनी पृथकतावादीहरूद्वारा नियन्त्रित दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएर त्यहाँ सेना पठाउने निर्णय गरेपछि चालिएको हो ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसको यो कदम युक्रेनमा नयाँ आक्रमणको बराबर भएको बताएका छन्, जसको अंश रुसले २०१४ मा अवैध रूपमा कब्जा गरेको थियो । अवस्था थप बिग्रिए नयाँ प्रतिबन्ध पनि लगाउन सकिने उनले बताए । 

जोनसनले प्रतिबन्ध लगाइएका तीन रुसी अर्बपतिको बेलायतमा रहेको सम्पत्ति रोक्का गरिएको र उनीहरुलाई बेलायत आउन पनि रोकिने बताए ।

बेलायतले रोसिया, आइएस बैंक, जनरल बैंक, प्रोम्स्भ्याज बैंक र ब्ल्याक सी बैंकलाई प्रतिबन्ध लगाइएको हो । यससँगै तीन प्रभावशाली व्यक्तित्वहरू गेनाडी टिमचेन्को, बोरिस रोटेनबर्ग र इगोर रोटेनबर्गमाथि पनि प्रतिबन्ध लगाइएको बिबिसीले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १९:१५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया