२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

बझाङमा २७ प्रतिशत मतदाता थपिए

बझाङमा २७ प्रतिशतल मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालय बझाङको तथ्यांकअनुसार माघ मसान्तसम्ममा २७ प्रतिशत मतदाता थपिएका छन् । 


०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लाभर ९८ हजार ९८१ जना मतदाता रहेकोमा माघ मसान्तसम्म थपिएर कुल मतदाता संख्या १ लाख २६ हजार १२६ पुगेका छन् ।
 
जसमा महिला मतदाता संख्या ६२ हजार १६० र पुरुष मतदाता ६३ हजार ६६५ रहेको निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत विमल प्रसाद गौतमले जानकारी दिए । 



उनले भने, ‘जिल्लाका सबै पालिकामा १० दिनसम्म मतदाता नामावली संकलनका लागि शिविर सञ्चालन नै गरेका कारण यसपटक धेरै मतदाताले निर्वाचमा भाग लिने अपेक्षा गरेका छौँ । अझै पनि मतदाता नामावली हराएकाहरुले जिल्ला निर्वाचन कार्यालयमा आएर नयाँ नामावाली बनाउन सक्नेछन् ।’
 
यस्तै, राजनीतिक दल, स्थानीय तह, सरोकारवाला र सुरक्षाकर्मीबीच छलफल तथा समन्वयमार्फत बझाङ जिल्लामा ८ वटा मतदानस्थल थप गरिएका छन् । 

मतदानस्थल तथा मतदान केन्द्रको सिफारिस समितिको निर्णयअनुसार बझाङ जिल्लामा १३३ वटा मतदानस्थल रहेका छन् । २०७४ सालको निर्वाचनमा भन्दा यस वर्ष ८ वटा मतदान स्थल थप भएका छन् ।



१० वटा गाउँपालिका र २ वटा नगरपालिका रहेको बझाङ जिल्लामा साइपाल गाउँपालिकामा ५ वटा मतदानस्थल रहेका छन् भने तलकोटमा १०, मष्टा गाँउपालिकामा १२ वटा मतदान स्थल कायम गरिएको छ । 

त्यस्तै, सुर्मा गाँउपालिकामा ६, छविसपाथिभेरा, खप्तडछान्ना, केदारस्युँ र थलारा गाँउपालिकामा ११–११ वटा मतदानस्थल रहेका छन् । उता दुर्गाथली गाँउपालिकामा ९, वित्थडचिर गाउँपालिकामा १२, जयपृथ्वी नगरपालिकामा १६ र बुंगल नगरपालिकामा १९ वटा गरी १३३ वटा मतदानस्थल कायम गरिएको छ ।

मतदाताको उक्त संख्यामा विवाह बसाइँसराइ गरी गएका र आएका, मृत्यु भएका, १८ वर्ष पूरा नभएका र दोहोरो परेका समेत मिलान गर्दा केही फरक पर्न सक्ने समेत जिल्ला निर्वाचन अधिकारी गौतमले बताए । 

आयोगको निर्णयअनुसार मतदाता परिचय पत्र हराएको वा नष्ट भएको भएमा फागुन २० गतेसम्म सम्बन्धित वडा कार्यालयको सिफारिससहित निर्वाचन कार्यालय बझाङमा निवेदन दिन सकिने निर्वाचन कार्यालय बझाङले जनाएको छ ।



  • प्रकाशित मिति : १० फागुन, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया