नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
फागुन ८ गते मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभामा पेस भएको सन्दर्भमा दुई पूर्वसहकर्मीबीच भेटवार्ता भएको हो ।
वैद्यको निजी सचिवालयका अनुसार प्रचण्ड निवास खुमलटार पुगेर वैद्यले एमसिसी देशको हितमा नरहेको भन्दै पारित नगर्न आग्रह गरेका थिए ।
जवाफमा प्रचण्डले यथास्थितिमा कुनै हालतमा एमसिसी पास हुन नदिने र आफूहरुले विपक्षमा मतदान गर्ने विश्वास दिलाएका थिए ।
सो भेटमा वैद्यले एमसिसीको विरोधमा उत्रिँदा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइका लागि पहल गरिदिन पनि प्रचण्डसँग आग्रह गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।