विराटनगर– नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पुस ४ र ५ गते विराटगरमा राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय सम्मेलनलाई भव्य, व्यवस्थित तथा सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश नं १ का महासचिव विवेक गौतमका अनुसार उक्त सम्मेलनमा देशभरिका नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष, महासचिव र शाखा अध्यक्षको सहभागिता रहनेछ । मंगलबार बसेको व्यवस्थापन समितिको बैठकले सम्मेलनलाई सफल बनाउन सबै शाखालाई आ–आफ्नो क्षेत्रबाट योगदान दिन आह्वानसमेत गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।