प्रचण्ड भेट्न देउवा खुमलटार

प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

हिजाे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका देउवा आज बिहान प्रचण्डलाई भेट्न उनकाे निवास खुमलटार पुगेका हुन् ।

दुवैजनाबीच अहिले भेटवार्ता चलिरहेकाे छ ।

संसदमा टेबल भएकाे अमेरिकी सहयाेग परियाेजना (एमसिसी) अहिले सत्तारूढ दलहरूबीच किचलाे बनेकाे छ । 

प्रधानमन्त्री देउवा जसरी भए पनि एमसिसी पारित गर्नैपर्ने पक्षमा छन् । यता माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसिसीकाे विपक्षमा रहेकाे छ । 

नेकपा एमाले भने पर्ख र हेरकाे नीतिमा छ । हिजाे एमाले अध्यक्ष ओलीले आफूहरूले कारबाही गरेका १४ सांसदलाई कारबाही नगरेसम्म सहयाेग नगर्ने बताएका छन् । जसले गर्दा देउवा दाैडधुपमा लागेका हुन् ।
 





  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार ९:३२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया