जयनन्द लामाका सिर्जनाहरू सधैं सम्झिरहने छौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् गायक लामाको निधनले दुःखी भएको उल्लेख गरेका हुन् । 

‘आफ्नो उत्कृष्ट कला पस्केर नेपाली श्रोता अनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नुहुने चर्चित गायक एवं चरित्र अभिनेता जयनन्द लामाको निधनको खबरले दुखित छु,’ प्रचण्डले भनेका छन्, ‘लोकप्रिय कलाकार लामा भौतिक रूपमा हामी माझ नरहेता पनि ‘कल्कत्ते काँईयो, चुँई चुँई चुँईकने जुत्ता, के को साँचो’ जस्ता उहाँका अनगिन्ति श्रृजनाहरू हाम्रा ओठहरूमा सदैव बसिरहनेछन् । हामी सम्झिरहनेछौं। कलाकार जयनन्द लामाप्रति भावपूर्ण श्रद्धाञ्जली ।’  

जयनन्दको आज बिहान भक्तपुरस्थित आफ्नो निवास कौशलटारमा गाडीबाट लडेको अवस्थामा मृत फेला परेका थिए ।   






  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार ११:२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया