सुर्खेतमा बागीना साँझ

वीरेन्द्रनगर– बागीना समूह सुर्खेतले बिहीबार बागीना साँझ कार्यक्रम आयोजना गर्ने भएको छ । सांस्कृतिक जागरण ल्याउनका लागि सो कार्यक्रम आयोजना गर्न लागिएको हो । 

पछिल्लो समय सुर्खेतमा सा‌ंगीतिक माहोल सुनसान हुँदै गएकाले कार्यक्रम आयोजना गर्न लागिएको सांस्कृतिक कार्यक्रमका संयोजक नन्दा बस्यालले बताइन् । ‘हामी सुर्खेती कलाकार काठमाडौंकेन्द्रित हुँदा यहाँ सांस्कृतिक गतिविधि सुस्त भयो,’ उनले भने, ‘जिल्लामा सांस्कृतिक गतिविधि बढाउन कार्यक्रम गर्न लागेका हौँ ।’ कार्यक्रममा यस क्षेत्रको पहिचान हुने खालका सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनेछ । 

आर्थिक आयआर्जन नभई यस क्षेत्रको कला संस्कृति संरक्षण गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएकोे बागीना समूहका अध्यक्ष गोविन्द कोइरालाले बताए । बिहीबार बेलुकी ५ बजेदेखि बागीनाको प्रांगणमा हुने उक्त कार्यक्रम निःशुल्क रूपमा हेर्ने व्यवस्था मिलाइएको कलाकार शिव संगीतले बताए । 

कार्यक्रममा कलाकार टीका पुन, शिव संगीत, दिपाशा बिसी, सन्ध्या बुढा (काउली बुढी), सीता भण्डारी, मनु मन्दिर, सुविन सिंहलगायतको प्रस्तुति रहनेछ ।  
 





  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार १३:२०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया