इलामको फाल्गुनन्द सुकिलुम्बामा तारा एयरको व्यावसायिक उडान

तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु गरेको छ । विमानस्थलको धावनमार्ग सम्पन्न भएपछि एयरलाइन्सले बुधबारबाट व्यावसायिक उडान भरेको हो । 

तारा एअरको नाइन एनएलओ टुइनअटर वायुयान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एअरपोर्टमा अवतरण गरेको थियो । 

तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले बताए । उनले विमानस्थल निरन्तर उडानका लागि प्रतिवद्ध रहेकोसमेत बताए ।

प्रमुख कार्यकारी अधिकृत रिमालले भने, ‘कमर्सियल फ्लाइट आजबाट सुरु भएको छ, त्यसलाई निरन्तरता दिनेछौँ । तपाईंहरूको उपस्थिति, जहाज आउँदाको उत्सुकता देखेँ मलाई झनै प्रतिवद्ध हुने उत्सुकता आयो । इलामवासीको साथ र सहयोग भए निरन्तर उडान भर्न सकिन्छ ।’

त्यस्तै, तारा एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विभिन्न पर्यटन व्यवसायी, पर्यटन बोर्ड र इलाम नगरपालिकाको सहकार्यमा मात्र उडान सफल भएको बताए । 

उनले आगामी दिनमा निरन्तर उडान भर्नका लागि अध्ययन भइरहेको र इलामवासीले सहयोग गरेर निरन्तर उडानलाई सहजता प्रदान गर्ने विश्वास रहेको बताए । 



उनले अबका दिनमा सो विमानस्थलमा आइतबार र बिहीबार दुई दिनका लागि उडान तालिका बनाएको पनि बताए ।  

पहिलो व्यावसायिक उडानमा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका अध्यक्ष अच्युत गुरागाईं, होटल एशोसिएशनका उपाध्यक्ष विनायक शाह सहितको पर्यटन व्यवसायी लगायत यात्रु तथा तारा एअरका प्राविधिक टोली गरी १४ जना सहभागी थिए ।
 



  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार १८:३३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया