मध्यनेपाल नगरपालिकामा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु

लमजुङको मध्यनेपाल नगरपालिकाले नगरपालिकाभित्रका गर्भवती महिलालाई लक्षित गर्दै ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ । नगरपालिकाले स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने महिलालाई लक्षित गरी अल्ट्रासाउण्ड सेवा सुरु गरेको हो ।

मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले ग्रामीण अल्ट्रासाउण्ड सेवाले गर्भवती महिलालाई सहज बनाउने बताए । गर्भवती आमालाई कम्तीमा पनि दुईपटक निःशुल्क सेवा दिइने नगरपालिकाले जनाएको छ ।

सुरुमा दुईवटा स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गरिने र पछि १० वटै वडामा सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ । 

ग्रामीण अल्ट्रासाउण्ड मेसिन नगरपालिका आफैँले ५ लाख रुपैयाँमा खरिद गरेको हो । एउटा मेसिन गण्डकी प्रदेश सरकारले सहयोग गरेको थियो । 

एउटा मेसिन भोर्लेटार स्वास्थ्य चौकीमा राखेर सेवा दिइएको छ । एउटा रम्घा स्वास्थ्य चौकीमा राखेर सेवा प्रवाह गरिनेछ । 





  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार २०:१९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया