नमुना वडा बनाउँदै काठमाडाैं महानगरपालिका

काठमाडौँ- काठमाडौँ महानगरपालिका-१५ र २२ लाई नमुना वडा बनाउने तयारी गरेको छ । महानगरमा ठूलो समस्याको रूपमा रहेका फोहर व्यवस्थापनको काम गर्न चुनौती आएपछि वडा नम्बर १५ र २२ का प्रत्येक घरलाई कुहिने र नकुहिने फोहाेर राख्ने छट्टाछुट्टै डस्ट बिन वितरणको तयारी रहेको छ । 

पहिलो चरणमा कामपाको यी दुई वडाबाट सुरु गर्ने कार्य बिस्तारै ३२ वटै वडामा पुर्याउने तयारी रहेको कामपाका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार डस्टबिन वितरण गर्दा प्रत्येक घरमा दुईवटा दिइनेछ । कामपाको फोहाेर लिन जाने गाडीले पनि सोहीअनुरूप कुहिने र नकुहिने फोहाेर फरक फरक गाडीमा राखेर ल्याउनुपर्ने हुन्छ । 

फोहाेर राख्ने डस्टबिन किन्नका लागि महानगरले आधा रकम लगानी गर्नेछ भने बाँकी पैसा नागरिक आफैंले बेहोर्नपर्ने कामपाले जानएको छ । घरमा उत्पादन भएको सबै फोहाेर एकै ठाउँमा राख्दा फोहाेर व्यवस्थापन गर्ने अन्तिम स्थान सिसडोलमा व्यवस्थापन गर्न समस्या भएकाले यहीँबाट फरक-फरक लाने तयारी गरिएको हो । 

हाल दैनिक काठमाडौँ उपत्यकाबाट एक हजार मेट्रिक टन र कामपाबाट मात्र दैनिक ५ सय मेट्रिक टन फोहाेर निष्कने गरेको छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहाेरमध्ये करिब ७५ प्रतिशत फोहाेर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।





  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार १४:२५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया