तेस्रो जितसहित भैरहवा पहिलो स्थानमा

काठमाडौं– कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल)मा भैरहवाले तेस्रो जित दर्ता गराएको हो । बुधबार भएको पहिलो खेलमा भैरहवा ग्लाडिएटर्सले विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गरेको छ । जितसँगै भैरहवा अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १८.४ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन मात्रै बनाउन सक्यो । ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको भैरहवाले ६ विकेट गुमाएर २ बल बाँकी छदा लक्ष्य पूरा गर्यो । 

झिनो लक्ष्य पछ्याएको भैरहवाका लागि रायन टेन डोस्काटेले २०, कप्तान शरद भेसवाकरले १६, रविन्दर सिंहले १२ तथा प्रदीप ऐरीले १० रन जोडे । 

भैरहवाको ६ विकेट लिने क्रममा विराटनगरका रोल्फ भान डर मर्वेले २ तथा करण केसी, पल भान मिकिरिन, बसन्त रेग्मी र रोबिन क्षेत्रीले समान १ विकेट लिए । 

यसअघि विराटनगरको सुरुवात राम्रो नहँुदा सस्तैमा समेटियो । विराटनगरले ५.२ ओभरमा महŒवपूर्ण ४ विकेट गुमाउँदा स्कोरबोर्डमा २० रन मात्रै जोडेको थियो । विराटनगरका कप्तान पारस खड्का (१), अनिलकुमार साह (४), बाबर हायात (६) तथा अरिफ शेखले (०) मा आउट भए । 

विराटनगरका लागि रोल्फ भान डर मार्वेले २५, करण केसीले १८ तथा सुमित महर्जनले १८ रन जोडेर पारी सम्हाल्ने प्रयास गरे पनि त्यो जितको लागि प्रयाप्त भएन ।



विराटनगरलाई अलआउट गर्ने क्रममा भैरहवाका मोहमत नाभिदले महŒवपूर्ण बलिङ गरे । उनले ४ ओभरमा ४ विकेट लिए । यस्तै, कृष्ण कार्की र अविनाश बोहोराले समान २ विकेट लिए । यस्तै, डिकोस्टे र शरद भोसवाकरले १–१ विकेट लिए । १ खेल हारेको विराटनगर भने ४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।
 



  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार १५:२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया