प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग आफू सहमति नजिक पुगेको भन्दै बिहीबार दिउँसोका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेका थिए ।
यही आग्रहअनुसार बिहीबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको हाे ।
प्रधानमन्त्रीको यो आग्रहबारे सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारीसमेत गराएका थिए ।
एमालेसँग पछिल्ला दिन अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गर्न देउवाले छलफललाई तीव्रता दिएका छन् ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी एमसिसीको विपक्षमा उभिने भए पछि देउवा गठबन्धन तोडेर भए पनि एमसिसी पारित गर्ने उद्देश्यमा देउवा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।