२४ घन्टामा नेपालमा कति थपिए कोरोना संक्रमित ?

नेपालमा पछिल्लो २४ घन्टामा ३ सय १८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यही समयमा एक जनाको कोरोनाका कारण निधन भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यो समयमा ७ हजार ७ सय ४३ नमूना परीक्षण गरिएको थियो । यीमध्ये ५ हजार ५ सय ८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

यही समयमा ५ सय ६२ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । देशभर अहिले कोरोनाभाइरसका ९ हजार ६ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १७:१२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया