काठमाडौं– प्रेस काउन्सिल नेपालको निमन्त्रणामा म्यान्मार र श्रीलंकाका प्रेस काउन्सिलका अध्यक्षसहितको नौ सदस्यीय टोली नेपाल आइपुगेको छ ।
ती दुई देश र नेपालबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने उद्देश्यले श्रीलंका प्रेस काउन्सिलका अध्यक्ष बन्दुला कोग्गाला वेल्लालागेसहित चार र म्यान्मा प्रेस काउन्सिलका अध्यक्ष ओहन केइङसहित पाँचजनाको टोली काठमाडौं आएको काउन्सिलले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।