आगन्तुक पुस्तिकामा आदित्यनाथले लेखे– ‘रामसीताको जीवन, सभ्यताको अंग’

जनकपुरधाम– विवाह पञ्चमी समारोहमा सहभागी हुन जनकपुर आएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भगवान् राम र सीताको जीवन भारत तथा नेपालको धर्म, संस्कृति र सभ्यताको अभिन्न अंग भएको उल्लेख गरेका छन् । 

रामजानकी विवाहोत्सव समारोहमा राखिएको आगन्तुक पुस्तिकामा मुख्यमन्त्री आदित्यनाथले यस्तो उल्लेख गरेका हुन् ।

जानकी मन्दिरमा पूजा–अर्चनापछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने क्रममा उनले सीतारामले पालना गरेको आदर्श र मूल्य सार्वभौम भएकाले प्रेरणा प्रदान गरिरहेको उल्लेख गरे । 

उनले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पूजा–अर्चना र विदेहराज महाराज जनकको भूमिको यात्रा गर्न पाएकामा खुसी व्यक्त गरे ।

आफू र प्रतिनिधिमण्डलको स्वागतका लागि नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिँदै मुख्यमन्त्री मुख्यमन्त्री आदित्यनाथले भारत सरकार र जनताका तर्फबाट सुख तथा समृद्धिको कामना गरे ।  





  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार १९:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया