‘म यस्तो गीत गाउँछु-२’ आजबाट रिलिज, चलचित्रका मुख्य पात्र भने फरार सूचीमा

नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ आजबाट सिनेमा हलमा लाग्दैछ । चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका छ । 

सुदर्शन थापाको निर्देशन रहेको ‘म यस्तो गीत गाउँछु–२’ को कोरोना संक्रमण सुरु हुनुपूर्व नै निर्माण कार्य सकिएको थियो । तर, सिनेमा हल खुलेपछि निर्माण सकिएको दुई वर्षपछि चलचित्र रिलिज भएको हो ।

चलचित्रका मुख्य पात्र पल भने अहिले कानुनी समस्यामा फसेका छन् । एक गायिकाले जबरजस्ती करणी  मुद्दा प्रहरीमा दर्ता गरेपछि पल कानुनी झमेलामा फसेका हुन् । जसकारण उनले चलचित्रको प्रचार पनि गर्न पाएका छैनन् ।

पल अहिले पनि प्रहरीको फरार सूचीमा छन् । प्रहरीले उनलाई पक्राउ गर्न टोलीसमेत परिचालन गरिसकेको छ । 





  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार ७:३४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया