सहज जित निकाल्दै बार्सिलाेना युरोपा लिगको अन्तिम १६ मा

स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको अन्तिम-१६ प्रवेश गरेको छ । लिगको प्ले अफको दोस्रो लेगमा इटालियन क्लब नापोलीमाथि ४-२ को सहज जित निकाल्दै बार्सिलोना नकआउट चरणमा प्रवेश गरेको हो । 

समग्रमा बार्सिलाेनाले ५-३ को जित हात पारेको हाे । पहिलाे लेग १-१ को बराबरीमा सकिएकाे थियाे ।​ नापाेलीकाे घरेलु मैदान डिएगाे अर्मान्ड म्याराडाेनामा बार्सिलाेनालाई जित दिलाउन जाेर्डी अल्वा, फान्कि डि जाेङ, जेरार्ड पिके र पियरे इमरिक औवामियाङले एक-एक गाेल गरे ।

घरेलु टाेलीका लागि लाेरेन्जाे इन्सिग्ने र माटिओ पाेलिटानाेले एक-एक गाेल फर्काए । ​खेलकाे आठाैं मिनेटमा अल्वाकाे गाेलमार्फत बार्सिलाेनाले अग्रता लिएकाे थियाे । १३ औं मिनेटमा डि जाेङले पाहुना टाेलीकाे अग्रता दाेब्बर बनाए ।

२३ औं मिनेटमा इन्सिग्नेले पेनाल्टीमार्फत गाेल गर्दै खेललाई २-१  को अवस्थामा ल्याए । ४५ औं मिनेटमा पिके र ५९ मिनेटमा औवामियाङले गाेल गरेपछि बार्सिलाेना ४-१ ले अघि बढ्याे ।

८७ औं मिनेटमा पाेलिटानाेले घरेलु टाेलीलाई ४-२ काे अवस्थामा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलाेनाले सहज जित निकालेको हाे ।

त्यस्तै प्ले अफअन्तर्गतकै अर्को खेलमा स्कटल्यान्डकाे रेन्जर्ससँग २-२ को बराबरी खेले पनि समग्रमा ६-४ ले पराजित हुँदै जर्मन क्लब बेरुसिया डर्टमन्ड बाहिरिएकाे छ ।






  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार ७:४८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया