अभिनेता पल शाहविरुद्ध नाबालिक किशोरीमाथि बलात्कार गरेको किटानी जाहेरी परेपछि प्रहरीले उनको खोजीलाई तीव्र बनाएको छ । तनहुँ प्रहरीमा परेको उजुरीसँगै काठमाडौं र देशभर प्रहरीले पलको खोजी गरिरहेको छ ।
सामाजिक सन्जालमा सक्रियता देखाइरहे पनि पल कहाँ छन् भन्ने अहिलेसम्म खुलेको छैन । आफूविरुद्ध उजुरी परेपछि उनी बुधबार आफू अभिनित फिल्म म यस्तो गीत गाउँछु २ को प्रिमियरमा पनि गएनन् ।
बिहीबार दिनभर काठमाडौंमा प्रहरीका पाँच टोलीले पलको खोजीलाई तीव्रता दिएका हुन् । बिहीबार प्रहरीले पललाई खोज्न गायक दुर्गेश थापासँग समेत सोधपुछ गरेको थियो ।
पल र दुर्गेश पहिलेका अत्यन्त मिल्ने साथी भए पनि पछिल्लो समय यी दुईको सम्बन्ध राम्रो छैन । कतिसम्म भने पलले अहिले आफूमाथि षडयन्त्र गरिरहेका व्यक्तिहरुमध्ये दुर्गेश पनि एक भएको आरोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।