प्रिमियर लिगमा आर्सनलको रोमाञ्चक जित
फरकधार / १३ फागुन, २०७८
यो सामग्री सेयर गर्नुहोस्

इंग्लिस प्रिमियर लिगमा आज बिहान सम्पन्न खेलमा घरेलु टोली आर्सनल विजयी भएको छ । इमिरेट्स स्टेडियममा एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै आर्सनलले उल्भ्समाथि २–१ को रोमाञ्चक जित हात पारेको हो ।



खेलको १० औं  मिनेट ह्वाङ हे-चानले गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाए । ८२ औं  मिनेटमा निकोलस पेपेले आर्सनललाई १–१ को बराबरीमा ल्याए । थप गरिएको समयमा जोसे साले आत्मघाती गोल गरेपछि  घरेलु टोलीले २–१ को रोमाञ्चक जित दर्ता गर्‍यो ।



जितसँगै आर्सनल २४ खेलमा ४५ अंक जोडेर पाँचौं स्थानमा उक्लँदा पराजित उल्भ्स २५ खेलबाट  ४० अंकका साथ सातौं स्थानमा छ । 










  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार ८:१६:२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया