‘ए’ डिभिजन लिगमा आज पनि दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

शहीद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । दिउँसो १ बजे हुने एक खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला तथा अर्को खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ  ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा गर्नेछन् । १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको जावलाखेल संकटालाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

१२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको संकटा पनि जितका साथ लिग सकाउने सोचमा छ । यस्तै, एन्फा कम्प्लेक्समा ब्रिगेड ब्वाइजले थ्रीस्टार क्लबको सामना गर्नेछ ।

१२ खेलमा ७ अंक जोडेर १३ औं स्थानमा रहेको ब्रिगेड रेलिगेसनमा परिसकेको छ । थ्री स्टार १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा छ । दुवै टोली जितका साथ सिजनको अन्त्य गर्न चाहन्छन् ।  





  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार ८:२०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया