सरकारमा बस्ने/नबस्नेबारे खुमलटारमा छलफल जारी

गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रसहितका दल सरकारमा बस्ने/नबस्नेबारे निर्णय लिन छलफलमा जुटिरहेका छन् । 

खुमलटारस्थित प्रचण्ड निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने वा नबस्ने बारेमा छलफल भइरहेको हो । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी छन् । 

‘खुमलटारमा सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।

तर, अन्तिम टुंगोमा भने नेकपा (एकीकृत समाजवादी) का नेताहरूबीचको छलफलपछि पुगिनेछ । यसका लागि माओवादी नेताहरूले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई कुरेर बसेका छन् । 

उपत्यका बाहिर रहेका अध्यक्ष नेपाल काठमाडौं फर्किँदै छन् । संसद् बैठकमा पेस भएको विवादित एमसिसीको पक्षमा मतदान गर्ने बताएका उनीहरूमाथि सरकारबाट बाहिरिन दबाब परेको छ ।  






  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार ११:१५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया