प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन् ।
उनीहरूबीच बालुवाटारमा छलफल भइरहेको बताइएको छ ।
उनीहरूबीच अमेरिकी सहयोग परियोजना एमसिसी र सत्ता गठबन्धनका विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।
यसअघि प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका थिए ।
उनीहरू बीचमा पनि एमसिसी र सत्ता गठबन्धनका विषयमा छलफल भएको बताइएको छ ।
त्यसअघि नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । त्यहाँ नै उनले प्रचण्डसँग भेट गरेका थिए ।
नेपालले अब सरकारमा रहने वा नरहने भन्ने विषयमा छलफल गर्न पार्टीका नेताहरूसँग भेटघाट गर्दैछन् ।
यता माओवादी केन्द्रको बिहान भएको आन्तरिक छलफलले सत्ता गठबन्धनलाई बचाइराख्ने प्रयास गर्ने निष्कर्ष निकालेको छ ।
त्यसका लागि प्रचण्डले दिनभर जसो दौडधूप तीव्र पारेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।