प्रधानमन्त्री देउवालाई भेटेर बालुवाटारबाट बाहिरिए प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार बैठकबाट बाहिरिएका छन् ।

शुक्रबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने उनी बालुवाटार पुगेका थिए ।

एमसिसीका कारण सत्ता गठबन्धन फुटको संघारमा आइपुगेपछि शीर्ष नेताहरूबीच भेटवार्ताले तीव्र लिएको छ । उनीहरूबीच गठबन्धन र एमसिसीका विषयमा छलफल भएको बताइएको छ ।

उनीहरूको वार्ताका बीचमा अर्थमन्त्री जनार्दन शर्मा पनि बालुवाटार पुगेका थिए ।

यसअघि प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए ।

एमसिसीलाई संसदबाट पारित गराउनका लागि प्रधानमन्त्रीले एमालेको साथ खोजेपछि प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवालाई मनाउने प्रयास गरिरहेका छन् ।





  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १७:१९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया