पल शाहका म्यानेजरको दाबीः दुर्गेश दाइले पल दाइलाई मार्न खोजेका थिए

पछिल्लो समय अभिनेता पल शाह निकै ठूलो विवादमा घेरिएका छन् । नाबालिकमाथि करणी गरेको आरोपमा उनीविरुद्ध प्रहरीमा उजुरी परेको छ । 

प्रहरीले उनलाई खोजिरहेको छ । तर, पल अहिलेसम्म फरार छन् । 

पलविरुद्ध उजुरी परेपछि पलले आफ्नो फेसबुकमा एउटा स्टाटस लेखेका थिए जसमा उनले आफूविरुद्ध गायक दुर्गेश थापा, कृष्ण जोशीलगायतले षडयन्त्र गरेको दाबी गरेका छन् ।

तिनै कृष्ण जोशीले शुक्रबार एक युट्युब च्यानललाई अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्तामा उनले पलसँगको व्यक्तिगत रिसइबीका कारण यस्तो गरेको स्वीकार गरेका छन् । 

आफूलाई ग्लानी भएकाले आफू अन्तर्वार्ता दिन तयार भएको उनले बताएका छन् । ‘यो त सानो कुरा बाहिर आएको हो,’ उनले भनेका छन्, ‘अझ ठूला ठूला कुरा आउन नै बाँकी छ । हामीले गेम बनाएर पल शाहलाई सकाउने रणनीति बनाएका थियौँ ।’

उनले दुर्गेश थापाले पललाई सिध्याइदिने भनेको पनि दाबी गरेका छन् । ‘सिध्याइदिनु पर्छ, दुर्गेश दाइले त भन्नु भएको थियो,’ जोशीले उक्त अन्तर्वार्तामा भनेका छन्, ‘मेरो मनले यो गलत भएको हो भन्छ ।’ उनले यसबाट आफूलाई आपत्ति भएको पनि बताएका छन् ।



‘प्लान त यतिसम्म भएको हो कि,’ उनले भनेका छन्, ‘तर, मैले यो विषयमा पल दाइलाई पछिल्लो समयमा भएको छ । मलाई बचाउ भनेर पल दाइले भन्नुभएको थियो । म सडकबाट आएको मान्छे हो भन्नुभएको छ ।’

उनले पलले भावुक कुरा गरेकाले आफ्नो मन पनि पग्लिएको बताएका छन् ।




  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १७:४४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया