प्रचण्डलाई भेट्न वामदेव गौतम पुगे खुमलटार

नेकपा एमालेका पूर्व नेता एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

गौतम अध्यक्ष दाहाललाई भेट्न शुक्रबार बेलुका उनको निवास खुमलटार पुगेका हुन् ।

दुई नेताबीच राष्ट्रिय राजनीतिमा देखिएको विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ ।

दाहालका प्रेस सल्लाहकार रमेश मल्लले गौतम र प्रचण्डको भेटेको फोटो सार्वजनिक गर्दै लेखेका छन्, 'दुई नेताबीचको सौहार्दपूर्ण भेटघाट । राष्ट्रिय राजनीतिमा देखिएको संकटका बारेमा गम्भीर वार्तालाप ।'

अमेरिकी सहायता परियोजना एमसिसी संसद्मा पेस भएपछि उब्लिएको राजनीतिक तरंगकाबीच दुई नेताबीच भेटवार्ता भएको हो ।

 





  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १८:१९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया