मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

उर्लाबारी- मोरङको ग्रामथान गाउँपालिका–६ स्थित मोरङ–सुनसरी सिंँचाइ आयोजनाअन्तर्गतको नहरको सडकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति ११ बजे सो सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३३प ५६४० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाइते चालक सुनसरी इटहरी उपमहानगरपालिका–११ का २२ वर्षीय अक्षय तबदारको विराटनगरस्थित न्यूरो अस्पताल मा उपचारका क्रममा मध्यराति मृत्यु भएको हो ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय नरेश चौधरी गम्भीर घाइते भएका र उनको सोही अस्पतालमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार १०:४४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया