काठमाडौं– संवैधानिक परिषद्ले चोलेन्द्रशमशेर राणाको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ । आज बिहान बसेको बैठकले उनालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
यसअघि न्यायपरिषद्ले दीपकराज जोशी र राणाको नाम आगामी प्रधानन्यायाधीशका लागि सिफारिस गरे पनि संवैधानिक परिषद्ले राणालाई सिफारिसे गरेको छ ।
यसअघि नै सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइसकेका दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकार गर्दै राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ ।
राणा २०१४ मंसिर २८ गते काठमाडौंमा जन्मिएका हुन् । उनले चार वर्षदेखि सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुस १७ गतेबाट अवकाश हुँदै छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।